शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रहरीसँग वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया

प्रहरीसँग वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया

नागरिक पाटी

२१, फाल्गुण २०७६
  • 6.8K
    SHARES
  • धादिङ २० फागुन । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन धादिङमा प्रहरीसँग अन्तरक्रिया गरिएको छ । वैदेशिक रोजगारीमा देखिएका समस्या न्युनिकरण गर्न र वैदेशिक रोजगारलाई सुरक्षित बनाउनको लागि प्रहरी सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको सामी परियोजनाका लेखा अधिकृत सम्झना भण्डारीले बताउनुभयो । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामी हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको साझेदारीमा नीलकण्ठ नगरपालिका द्वारा सन्चालित सुरक्षित आप्रवासन सामी परियोजना अन्तरगत सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला भरका ४० जना प्रहरी चौकी ईञ्चार्जको सहभागिता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका महिला विकास निरक्षक निर्मला केसीले सामी परियोजनाले सन्चालन गरीरहेको गतिविधि र त्यसबाट आएको सकारात्मक परिणामको विषयमा जानकारी गराउनु भएको थियो । सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम अधिकृत कमल बहादुर रोकायले बैदेशिक रोजगारको क्रममा देखिएका समस्या र प्रहरी प्रशासनले खेल्नुपर्ने भूमिका,बैदेशिक रोजगार विभाग र प्रहरी सँग भएको सम्झौता अनुसार प्रहरीले खेल्नुपर्ने भुमिका र आगामी दिनमा सहयोग र सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो । वैदेशिक रोजगारको अहिलेका चुनौती र कानुनी जटिलताका साथै वैदेशिक रोजगारमा हुने गरेको ठगी, आप्रवासी स्रोत केन्द्रले गर्नै काम,मनोविमर्श सेवा तथा वित्तिय साक्षरताकक्षाको विषमया जानकारी गिराउनु भएको थियो।कार्यक्रममा धादिङका डीएसपी रुपक खड्काले वैदेशिक रोजगारमा हुने ठगी र मानव बेचबिखनको समस्या न्यूनिकरणका लागि प्रहरीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी भएर आ–आफ्नो क्षेत्रमा खटिएपछी सुरक्षित वैदेशिक रोजगारीका विषयमा काम गर्नको लागि आग्रह गर्नुभएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २१, २०७६ बुधवार - ०४:४८:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology