शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नम्बर नदेखिने सवारीमाथि कारवाही सुरु

नम्बर नदेखिने सवारीमाथि कारवाही सुरु

नागरिक पाटी

२१, फाल्गुण २०७६
  • 6.2K
    SHARES
  • काठमाण्डौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत् कारबाही थालेको छ । राख्नुपर्ने नम्बर प्लेट नरखेको र स्पष्ट नभएको १ सय ७० वटा सवारी र मोटरगार्ड राखी नम्बर प्लेट ढाकिएका २६ सवारीलाई कारबाही गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए । ट्राफिक नियम उल्लंघन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, आपराधिक क्रियाकलापमा संलग्न हुनेजस्ता क्रियाकलापहरुलाई रोक्न नै उक्त अभियान थालिएको महाशाखाका प्रमुख ढकालले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २१, २०७६ बुधवार - १७:२८:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology