आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप १० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए

नेपालमा थप १० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए

शिवराज आचार्य

११, जेठ २०७७
  • 3.9K
    SHARES
  • काठमाण्डौं । नेपालमा कपिलवस्तुका १० जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना सङ्क्रमित निको भएर हिजो शनिबार घर फर्किएका छन्। दुई साताअघि अस्पताल भर्ना भएका सङ्क्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालका फोकल पसर्न डा. सुुदर्शन थापाले जानकारी दिनुभयो । यसअघि त्यसै अस्पतालबाट रुपन्देहीको कोटहीमाईका २५ वर्षीय युवक पनि निको भएर घर फर्किएका थिए । धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाको उपचार भइरहेको छ । कोरोना निको हुनेको संख्या नेपालमा ८० जना पुगेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०७७ आइतवार - १५:५४:४३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology