आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आगलागीका कारण नोभा जेनेटिका प्रा.लि.मा एक करोड भन्दा बढी क्षति

आगलागीका कारण नोभा जेनेटिका प्रा.लि.मा एक करोड भन्दा बढी क्षति

शिवराज आचार्य

१५, जेठ २०७७
  • 9.5K
    SHARES
  • धार्के । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ स्थित खानिखोलामा रहेको नोभा जेनेटिका प्रा. लिद्धारा सञ्चालित औषधी उद्योगमा आगलागी हुर्दा एक करोड भन्दा बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी प्रमुख रुक बहादुर खड्काले नागरिक पाटीलाई दिएको जानकारी अनुसार करिब पौने घण्टा पछि आगो नियन्त्रणमा ल्याउन सकिएको बताएका छन् । आगोलागी नियन्त्रणका लागी नेपाल प्रहरीको टोली, धुनिवेशी नगरपालिकाको बारुणयन्त्र,स्थानीयवासी,नगरप्रहरी, आदमघाटस्थित सशस्त्र प्रहरीको टोलीले सहयोग रहेको थियो । औषधी फ्याक्ट्रीमा सेनिटाईजर बनाउनको लागि ट्याङकरमा ल्याइएको स्प्रिटलाई ड्रममा राख्ने क्रममा स्प्रिटबाटै आगो सल्किएको प्रहरी निरिक्षक रुक बहादुर खड्काले जानकारी दिएका छन् । प्रहरीका अनुसार एक करोडभन्दा बढीको क्षती भएको प्रारम्भिक आंकलन गरिएको बताएको छ । उनका अनुसार विस्तृत रुपमा क्षेतीको विवरण आउन बाँकी रहेको बताएका छन्। प्रारम्भिक विवरण अनुसार आगलागीबाट उद्योगमा रहेको ६० लाख बराबरको स्प्रिट,७ वटा मोटरसाईकल,फर्निचर लगायत अन्य सामाग्री नष्ट भएको प्रहरी निरिक्षक खड्काले जानकारी दिनु भएको छ। खानिखोला स्थित नोभा जेनेटिक उद्योगमा लागेको आगो नियन्त्रणमा (फोटो फिचर)

    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - ०१:२५:५१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology