आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सामाजिक सुरक्षा भत्तामा निरन्तर

सामाजिक सुरक्षा भत्तामा निरन्तर

शिवराज आचार्य

१६, जेठ २०७७
  • 5.0K
    SHARES
  • काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलाई दिइदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तर रहने जानकारी दिएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक सुरक्षाका लागि ६७ अर्ब ५० करोड रुपैया विनियोजन गरेको बताए । उनले ज्येष्ठ नागरिकका लागि एकलाख रुपैयाँसम्मको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरे । त्यस्तै ४ लाख विपन्न परिवारले निशुल्क रुपमा स्वास्थ्य बिमा गराउनेगरी बजेटको व्यवस्था गरेको बताए । गरिब परिचयपत्र वितरण आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने समेत उनले बताए ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - ०१:०२:३३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology