शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी र थाक्रेका विद्यालयमा प्रयास नेपालद्धारा शैक्षिक, खेलकुद र स्वास्थ्य सामाग्री सहयोग

धुनिबेशी र थाक्रेका विद्यालयमा प्रयास नेपालद्धारा शैक्षिक, खेलकुद र स्वास्थ्य सामाग्री सहयोग

नागरिक पाटी

१८, कार्तिक २०७७
  • 8.0K
    SHARES
  • धुनिबेशी र थाक्रेका विद्यालयमा प्रयास नेपालद्धारा शैक्षिक, खेलकुद र स्वास्थ्य सामाग्री सहयोग

    धार्के धादिङ । ईट्टा उद्योगमा काम गर्ने कामदारहरुका बालबालिकाहरु अध्ययनरत ६ वटा विद्यालयहरुलाई मंगलबार शैक्षिक तथा खेलकुद र स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
    धादिङ जिल्ला थाक्रे गाउँपालिकाको श्री जनकल्याण आधारभुत विद्यालय, श्री जनता आधारभुत विद्यालय,श्री महाङकालेश्वरी माध्मीक विद्यँलय , उडुवादेवी आधारभुत विद्यालय र धुनीबेशी नगरपालिकाको श्री भुवनेश्री माध्मीक विद्यँलय र श्री महेशधर्म माध्मीक विद्यँलय गरि ६ वटा विद्यालयहरुमा विद्यालयको आवश्यकता र मागको आधारमा शैक्षिक, खेलकुद तथा स्वास्थ्य सुरक्षाका सामाग्री कापि, पेन्सिल, ईलेजर, कटर, डल, घडी, नेपालको नक्सा, प्रदेशको नक्सा, भलिबल, फुटबल, नेट, ब्याडमिन्टन, माक्स, सेनिटाईजर, थर्मलगन, पन्जा, साबुन लगायतको ३२ हजार बराबरको सामाग्री सहयोग गरिएको प्रयास नेपाल धादिङका ब्रेटर ब्रिक नेपाल कार्यक्रमका फिल्ड संयोजक सुनिता कडेलले जानकारी दिनु भयो । ग्लोबल फेयरनेश ईनिसियटिभको साझेदारीतामा संचालित ब्रेटर ब्रिक नेपाल कार्यक्रम अन्तरगत शैक्षिक तथा खेलकुद र स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
    ब्रेटर ब्रिक नेपाल कार्यक्रम अन्तरगत धादिङ जिल्लाका धुनिबेसी नगरपालिका,थाक्रे र गजुरी गाउँपालिकामा रहेका ५ वटा ईट्टा उद्योगलाई बालश्रममुक्त गराई श्रमिकमैत्री ईट्टा उद्योग संचालन गर्न बालश्रम मान्य छैन, बाध्यकारी श्रम मान्य छैन, ज्याला तथा कार्य घण्टा, कार्यस्थल स्वास्थ्य र सुरक्षा तथा अमानविय व्यवहार मान्य छैन भन्ने बिबिएनका ५ वटा मापदण्डमा आधारित भई उद्योग संचालनमा सहयोग तथा सहजिकरण गर्दै आएको पनि फिल्ड संयोजक कडेलले जानकारी दिनु भयो ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - २१:५३:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology