शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रयास नेपालको स्थापना दिवसको अवसरमा विविध कार्यक्रम

प्रयास नेपालको स्थापना दिवसको अवसरमा विविध कार्यक्रम

नागरिक पाटी

७, चैत्र २०७७
  • 9.7K
    SHARES
  • प्रयास नेपालको स्थापना दिवसको अवसरमा विविध कार्यक्रम

    धादिङ । । २० औं स्थापना दिवसको अवसरमा प्रयास नेपाल धादिङबाट शुक्रबार नीलकण्ठ नगरपालिका वडा नं ८ का अबस्थित स्बवम्बलन बहिरा बिद्यालयको छात्रावासका अध्ययनरत ४५ जना बालबालिकाहरुको लागि खाना बनाउने राईस कुकर र गजुरी गाउँपालिका वडा नं १ मा रहेको चेपाङ किशोरी छात्रावास बसि अध्ययन गर्ने १७ जना बालिकाहरुलाई व्याग सहित शैक्षिक सामाग्री सहयोग गरेको छ । आजको २० अौ बार्षिकउत्सवको अवसरमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत ,गैरसरकारी संस्था महासंघका उपमहासचिव अर्जुन भट्टराई ,प्रयास नेपालका कार्य समितिका पदाधिकारी ,चेपाङ संघ धादिङका सचिव कृष्ण चेपाङ ,तिलक चेपाङ ,बहिरा संघका राम प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।

    images
    images

    162412182_265855195101534_263943143522894697_n.jpg
    धादिङ जिल्ला लगायत छिमेकी जिल्लाका गाउँ÷नगरपालिकामा स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरी सामाजिक न्याय सहितको समतामुलक समाजको सिर्जना गर्ने महान् परिकल्पना बोकी स्थानीय जागरुक युवाहरुको प्रयासमा स्थापित प्रयत्नशील साममुदायिक विकास समाज ९प्रयास नेपाल० धादिङले शुक्रबार आफ्नो १९ औं बसन्त पार गरेको प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ । धादिङ जिल्लाको साविक सांङकोष गाविस हाल नीलकण्ठ नगरपालिका वडा नं १२ आँपश्वरामा ९ जना स्वय्सेवी युवाहरुद्धारा स्थापना गरी सामाजिक कार्य थालनी गरेको संस्था आज धादिङ जिल्लाको १३ वटै गाउँ÷नगर पालिकाको हरेक कुनामा बस्ने दुर्गम भूगोलमा बसोबास गर्ने समूदायका महिला,बालबालिका र सामाजिक विकासमा लागि पर्ने व्यक्तिहरुको सामाजिक ररुपान्तरणको सारथी तथा सहयोगी बन्न सफल भएको हर्षित रहेको कार्यकारी निर्देशक दामोदर सुनाए ।


    प्रयास नेपाल,धादिङले जिल्लाको गाउँ,नगरपालिका, सरकारी निकायहरु तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदारहरुसँगको समन्वय,साझेदारी तथा सहकार्य बिशेष गरी बालबालिकाहरुको शिक्षामा पहूँच अभिबृद्धिका लागि सुरक्षित स्थलमा बसेर पढ्ने वातावरणको लागि बालमैत्री कक्षा कोठा,शौचालय, बालमैत्री धारा निर्माण, शैक्षिक सामाग्री ,बनल विकास कक्षाकोठा व्यवस्थापनमा सहयोग मार्फत सिकाई उपलब्धी बढाउन, महिलाहरुमा रुपान्तणीय शिक्षा, सीपप्रदान,क्षमता तथा उद्यम विकास मार्फत सामाजिक र आर्थिक पुँजीबृद्धि, खानेपानीबाट बञ्चित भएका समुदायमा खानेपानी सेवा सफलतापुर्वक कार्यसम्पादन गरी सामाजिक विकासको एक सबल र सक्षम संस्थाको पहिचान सहित सामुदायिक विकासमा गरेको कार्य गर्दै आएको अध्यक्ष रेष्टन कडेलले बताउनु भयो ।


    २०५८ सालमा स्थापना भएको प्रयास नेपाल धादिङले शुरुका दिनहरुमा जिल्लाका विभिन्न ठाउँमा बिभिन्न स्वास्थ्य आँखा शिविर,स्त्रीरोग,आँखा शिविर,समुदायको स्वास्थ्य, सामाजिक योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने,सरसफाई कार्यक्रम तथा विपन्न महिला एवं पिछडिएका व्यक्तिहरुलाई लक्षित आयआर्जन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले भनाइ रहेको छ । थियो ।


    संस्थाले गरेका गतिविधीहरुबारे अधिकारवाला तथा आम जनता एवं लक्षित बर्गको स्वामित्व र भूमिका बढाउने, संस्थाले उत्तरदायित्व बहन गर्न,जवाफदेहिता,पारदर्शिता कायम गर्न तथा असल शासन बसाल्न सहयोग गर्न , आफुले संचालन गरेका गतिविधिहरु सार्वजनिकिकरण गर्ने,सबै पक्ष बिचमा समिक्षा गर्ने मुल्याङ्कन गर्ने र पृष्ठपोषण लिन सामाजिक परिक्षणको कार्यलाई निरन्तरता दिंदै आएको छ । संस्थाले हाल बिभिन्न विकास साझेदार निकायहरु र स्थानीय तहसँगको साझेदारीतामा शिक्षा,जिविकोपार्जन,खानेपानी तथा स्वास्थ्य ,अधिकार,निर्माण र सुशासन,बिपद् व्यवस्थापन बिषयगत क्षेत्रमा कार्य गर्दै आएको प्रयास नेपालका सचिव वीर बहादुर श्रेष्ठले बताउनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - ०८:१४:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology