शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रयास नेपाल धादिङद्धारा सिद्धलेक ७ अमिलिछापमा बाख्रा उपहार प्रदान कार्यक्रम

प्रयास नेपाल धादिङद्धारा सिद्धलेक ७ अमिलिछापमा बाख्रा उपहार प्रदान कार्यक्रम

नागरिक पाटी

३१, चैत्र २०७७
  • 7.9K
    SHARES
  • प्रयास नेपाल धादिङद्धारा सिद्धलेक ७ अमिलिछापमा बाख्रा उपहार प्रदान कार्यक्रम

    सिद्धलेक । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ अमिलिछापमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ, बोहार फाउन्डेसन , हेफर ईन्टरनेशनल नेपाल,सिद्धलेक गाउँपालिकाको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत सोमबार ४३ जनालाई बाख्रा उपहार गरीएको हो ।

    images
    images

    171806383_166902661864608_8329321690371924326_n.jpg

    अमिलिछाप स्वाबलम्बी महिला समुहले प्रगतिशील , भुमेश्वर ,पञ्चकन्या, छपेलि र डाँफे स्वबलम्बी महिला समुहका ४३ जना सदस्यहरुलाई बाख्रा वितरण गरेको हो । बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरीएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले महिला शसक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो । आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष सिलवालले गाउँपालिकामा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने आफ्नो सोचमा प्रयास नेपालले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।


    यसैगरी सिलवालले सिद्धलेक गाउँपालिकामा कुनै पनी जग्गा बाझो राख्न नपाउने भन्दै उहाँले बाँझो राख्न नपाईने भनी गरेको निर्णयलाई पनि कार्यक्रमले सहयोग गरेको र महिला दिदिबहिनी मार्फत आयआर्जन र सकारात्मक सोच विकास भएकोमा गाउँपालिका खुशि रहेको र सहकार्य गरेको बताउनु भयो ।


    यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले समुदाय सामाजिक भावना हराउँदै गएको अबस्थामा सामाजिक पुँजि वृद्धि गर्नुको स्थानीय सीप,प्रविधि ,जमिनको प्रयोग गरि आयआर्जनको लागि कार्यक्रम गर्न गाउँपालिकाको सहकार्यमा सहयोग गरिएकोले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो । हाल मुल तगा उपहार गरि ६९ समूह र उपहार महिला कृषि सहकारी मार्फत कार्यक्रम संचालनमा रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो।


    अमिलिछाप स्वालम्बी महिला समुहका अध्यक्ष सीता खतिवडाको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेम नाथ सिलवालको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विशेष अतिथि सिद्वलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा तथा अतिथिहरूमा सिद्वलेक गाउँपालिकाका प्रकुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, सिद्वलेक ४ का वडा अध्यक्ष रामहरि बराकोटि, वडा नं ७ का लक्ष्मण खतिवडा , प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल , कार्यकारी निर्देश दामोदर अर्याल, उपहार महिला सहकारीका व्यवस्थापक हरि तिमल्सिना संचारकर्मीहरु ,सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरको समेत सहभागीता रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - १०:३७:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology