धादिङको सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । हिजो शुक्रबार सम्पन्न भएको गाउँसभाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ५४ करोड १ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । यस वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ७।६ प्रतिशतले बढि रहेको छ ।
गाउँसभाले संघीय सरकार वित्तीय समानीकरण तर्र्फ १४ करोड ५९ लाख, संघीय सरकार सर्शत अनुदान तर्फ २० करोड १८ लाख, संघीय सरकार समपुरक अनुदान तर्फ ८० लाख, संघीय सरकार राजश्व बाँडफाडबाट प्राप्त राजश्व ८ करोड ७४ लाख ७० हजार, बागमती प्रदेश सरकार वित्तीय समानीकरण तर्फ १ करोड ४२ लाख ४२ हजार, बागमती प्रदेश सरकार राजश्व बाँडफाड १ करोड ५८ लाख ३८ हजार, बागमती प्रदेश सर्शत अनुदान तर्फ २ करोड ४४ लाख १४ हजार, बागमती प्रदेश समपुरक अनुदान तर्फ २ करोड बजटे विनियोजन गरिएको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष पर्शुराम खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले बजेट प्रस्तुत गर्नु भएको थियो ।