शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मत सर्वेक्षण नगर्न आयोगको चेतावनी

मत सर्वेक्षण नगर्न आयोगको चेतावनी

नागरिक पाटी

२७, आश्विन २०७९
  • 3.2K
    SHARES
  • मत सर्वेक्षण नगर्न आयोगको चेतावनी

    आचारसंहिता विपरीत कुनै पनि उम्मेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ । आचारसंहिता विपरीत कतिपय व्यत्तिले सामाजिक सञ्जाल प्रयोग गरी राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा नतिजा सार्वजनिक गरेको अनुगमनका क्रममा पाइएको भन्दै आयोगले त्यसो नगर्न सचेत गराएको हो ।

    images
    images

    निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने उल्लेख गरिएको छ।

    साथै आचारसंहिताको दफा ४ को (थ) मा चुनावलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ । यी व्यवस्थाको उल्लङ्घन गरे कानुनअनुसार कारबाही हुने आयोगले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७९ बिहिवार - १३:४६:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology