शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ-१ : पूर्व सहकर्मीहरु बीचको चुनावी प्रतिस्पर्धा रोचक हुँदै

धादिङ-१ : पूर्व सहकर्मीहरु बीचको चुनावी प्रतिस्पर्धा रोचक हुँदै

नागरिक पाटी

२७, आश्विन २०७९
  • 4.4K
    SHARES
  • धादिङ-१ : पूर्व सहकर्मीहरु बीचको चुनावी प्रतिस्पर्धा रोचक हुँदै

    धादिङ–१ मा पूर्व सहकर्मीहरु बीच चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। एमालेका भूमि त्रिपाठी र मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे पूर्व सहकर्मी हुन् । त्रिपाठीलाई पछिल्लो समय राप्रपाको समर्थन छ भने भने पाण्डेलाई सत्ता गठबन्धनका समर्थन छ ।

    images
    images

    यहि निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालले नोरमान तामाङ, नेपाल मजदुर किसान पार्टीले विश्व अम्मर महर्जन, मंगोल नेशनल अर्गनाइजेसनले सुमन तामाङ, जन समाजवादी पार्टी नेपालले पुष्कर सेडाई, राष्ट्रिय स्वतन्त्र पार्टीले हिमेश पन्तलाई उम्मेदवार बनाएको छ ।

    यस्तै स्वतन्त्रबाट उत्तम राज शर्मा कँडेल, दिल बहादुर घले, अर्जुन तिमल्सिना, प्रदिप श्रेष्ठ, प्रमोद उप्रेती, जनक भट्टराई र ऋषि खतिवडा उम्मेदवार छन् । यस्तै धादिङ २ मा एमालेले खेम प्रसाद लोहनीलाई उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसबाट रामनाथ अधिकारी उम्मेदवार छन् ।

    यसैगरी जनता समाजवादी पार्टी, नेपालले मेकरमान तामाङ, मंगोल नेशनल अर्गनाइजेसनले धन माया तामाङ, नेपाली कांग्रेस (बीपी) ले शंकर दर्जी, राष्ट्रिय स्वतन्त्र पार्टीले वसुमाया तामाङलाई उम्मेदवार बनाउँदा स्वतन्त्रबाट रुद्रबहादुर गेलाङ मगर, सरोज बुढाथोकी, संजय दुवाडी, टिकानिधि काप्री, बाबुकृष्ण श्रेष्ठ, रमेश पौडेल, हरिप्रसाद घिमिरे र दुर्गाकुमार शाक्य रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७९ बिहिवार - १८:३९:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology