गजुरी,धादिङ । प्रयास नेपालद्धारा गजुरी गाउँपालिकालाई प्रारम्भिक बालविकासमा लगानी परियोजना हस्तान्तरण गरिएको छ। आज शुक्रबार धादिङको गजुरीमा प्रारम्भिक बालविकासमा लगानी परियोजनाको समिक्षा तथा बहिर्गमन कार्यक्रम भएको हो।

प्रयास नेपालले तीन वर्ष अगाडी गजुरी गाउँपालिका भित्रका ४५ वटा समुदायिक विद्यालयका बाल विकास केन्द्रमा सिकाई सहजिकरणमा प्लानेट इन्फान्टस एण्ड डेभलपमेन्ट र गजुरी गाउँपालिकाको सहकार्यमा परियोजना सञ्चालन गरेको हो।
गजुरीमा परियोजना अबधिमा बालविकास केन्द्रको लागि बालविकास कोषस्थापनामा ठूलो भूमिका पालिकाले निर्वाह गरेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए। उहाँका अनुसार ४५ वटा विद्यालयमा अभिभाबक शिक्षा कार्यक्रम,बालविकास केन्द्रित रेडियो जिगंल रेडियो राजमार्ग मार्फत प्रसारण, प्रारम्भिक बालविकास सम्बन्धि ५ वर्ष रणनीतिक योजना निर्माण,४५ विद्यालयका ४६ जना बालविकास सहजकर्ताहरुलाई बालमैत्री बालविकास कक्षा कोठा व्यवस्थापन तथा सहजीकरण सीप सम्बन्धि तालिम प्रदान लगायतका विषयमा रहेर परियोजना सञ्चालन गरिएको कार्यकारी निर्देशक अर्यालको भनाई छ ।

कार्यत्रलममा बोल्नु हुँदै शिक्षा शाखाका स्रोत व्यक्ति सुजन भण्डारीले परियोजना पछि विद्यालयको बालविकास केन्द्रमा उल्लेख रुपमा परिवर्तन आएको बताउनु भयो। उहाँका अनुसार बालविकास केन्द्रमा सिकाई सहजिकरण राम्रो भएको बताए।
त्यसै गरी कार्यत्रलममा बोल्नु हुँदै वडा नम्बर ७ का वडा अध्यक्ष बद्रि प्रसाद जम्कटेलले प्रारम्भिक बालविकासको क्षेत्रमा प्रयास नेपालले खेल्नु भएको भूमिकाको प्रशंसा गर्नु भएको छ । उहाँले विभिन्न विद्यालयमा अध्यायन अबलोकन भ्रमण गराएर बालविकास केन्द्रमा परिवर्तन ल्याउन ठूलो भूमिका प्रयासले खेलेको भनाई छ। विद्यालय सुधारका लागि प्रधानाध्यपक जिम्मेवर हुनु पर्ने बताउनु भएको छ।
त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै पालिकाका उपाध्यक्ष सर्मिला विसुरालले संस्थाले ४५ वटा विद्यालयमा बालविकास केन्द्रमा गर्नु भएको सहयोगको उच्च प्रशंसा व्यक्त गर्नु भयो। उहाँले विभिन्न विद्यालयमा अध्यायन अबलोकन भ्रमण गराएर बालविकास केन्द्रमा परिवर्तन ल्याउन राम्रो भूमिका प्रयासले खेलेको बताए। विद्यालय शान्ति क्षेत्र भएको हुँदा राजनितिकरण बन्द गर्नु पर्ने उहाँको भनाइ छ। संस्थाले देखाएको कामलाई पालिकाले निरन्तरता दिने बताउनु भयो।
त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले अबका दिनमा शिक्षामा राजनितिकरण नहुने र शिक्षाको क्षेत्रमा केही सुधार भएको बताए। विद्यालय व्यवस्थापन समितिले नै शैक्षिक सुधारमा प्र.अलाई सहजिकरणमा सहयोग गर्न सक्ने बताउनु भएको छ। पालिकाले बालविकास केन्द्रलाई गहनरुपले हेर्ने बताए।
कार्यक्रममा पालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष सर्मिला विसुराल,विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।