शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट आईतबार आउने

थाक्रे गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट आईतबार आउने

आशिष ठकुरी

७, आषाढ २०८१
  • 4.6K
    SHARES
  • थाक्रे गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट आईतबार आउने

    धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाले १५ औँ गाउँसभाको आयोजना गरि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

    images
    images

    गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा मूख्य ११ वटा क्षेत्रहरुलाइ समेटिएको छ । आर्थिक .विकास तर्फ एक वडा एक उत्पादन, कोशेली घर निर्माण, अर्गानिक खेतीलाई प्रोत्साहित, विपन्न सँग अध्यक्ष, उद्यमी सँग उपाध्यक्ष लगायत निती समेटिएका छन् ।

    यस्तै सामाजिक विकास तर्फ सबैका लागि प्राथमिक स्वास्थ्य सेवा, घरमा शुन्य प्रसुती घोषणा अभियान लगायत शैक्षिक सुधारको वर्षको रुपमा विकास गर्ने निती छ ।

    यस्तै पुर्वाधार विकास तर्फ आग्रा महेश जलाधार क्षेत्र विकास गुरुयोजना लगायतको विषय छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, श्रम तथा रोजगार, वन वातावरण तथा विपद् व्यवस्थापन, सँस्थागत विकास, सेवा प्रवाह, सुचना प्रविधी र सुशासन यस्तै आन्तरिक राजश्व, न्यायिक सम्पादन, सामी कार्यक्रम र गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम तर्फ पनि विभिन्न कार्यक्रम तथा नितीलाई समावेश गरिएको छ ।

    यस्तै गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक र न्यायिक समिती प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । नीति तथा कार्यक्रम, आर्थिक विधेयक र न्यायिक समिती प्रतिवेदन माथी राय, सल्लाह, सुझाव र छलफल पछि सर्वसम्मत रुपमा पारित भएको हो ।

    आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक भने आगामी आईतबार ल्याईने गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्लले बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ७, २०८१ शुक्रवार - १८:४१:०९ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology