शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशभर ५ लाख ४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

देशभर ५ लाख ४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

  • 3.8K
    SHARES
  • देशभर ५ लाख ४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

    देशभर पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । यसवर्ष १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा अहिलेसम्म त्यसको ३८ दशमलव ६ प्रतिशत रोपाइँ सकिएको हो ।

    images
    images

    गएको वर्ष असार २४ सम्ममा देशभर ४२ दशमलव ९ प्रतिशत रोपाइँ भएको थियो । गएको वर्ष १४ लाख ९६ हजार सात सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरेकोमा असार २४ गतेसम्ममा छ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । यो वर्ष लगातारको झरीका कारण रोपाइँ प्रभावित भएको कृषि विभागका सूचना अधिकारी एवम् वरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाईंले जानकारी दिए ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २४, २०८१ सोमवार - १६:४६:३८ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology