नेपाली कांग्रेसकी सांसद आरजु देउवा राणाले खोलाको छेउछाउमा घर बनाउन रोक लगाउनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले खोला किनार तथा बढीग्रस्त क्षेत्र वरपर घर बनाउन रोक लगाउने गरी नीति बनाउनुपर्ने बताएकी हुन् ।
राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र वरपर वन्यजन्तुको संरक्षणका लागि मध्यवर्ती क्षेत्र भनेर छुट्याइएजस्तै मान्छेको संरक्षणका लागि पनि खोला तथा नदी किनारमा निश्चित मापदण्ड बनाउनुपर्ने उनको भनाइ छ ।