रुकुम पश्चिममा गएराति आएको बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते छन्। आठबिसकोट नगरपालिका–१२ को झिन्चौरमा गिजागार खोलामा आएको बाढीले बाढीले घर बगाउँदा तीन जनाको मृत्यु, एक जना बेपत्ता र सात जना घाइते भएका नगर प्रमुख रबि केसीले जानकारी दिए।
मृत्यु हुनेमा स्थानीय १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनसा पुन र ४ वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख केसीले बताए। घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता छन्। बाढीले घर बगाउँदा घाइते भएका ७ जनालाई आठविसकोटस्थित नगर अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ बर्षिया कल्पना कामी छन्।
बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ। घटनाको पूर्ण विवरण सङ्कलन हुँदै गरेको नगर प्रमुख केसीले बताए।