प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी थालेका हुन् ।
‘प्रधानमन्त्रीज्यूले साउन ६ गते आइतबार विश्वासको मत लिने निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘त्यसका लागि प्रधानमन्त्रीका तर्फबाट संसद्का महासचिवलाई औपचारिक पत्र पठाइँदैछ।’ पत्र पठाउनुअघि प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिनेबारे सभामुख देवराज घिमिरेसँग मौखिक जानकारी गराएका थिए।
गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हालेका थिए।