शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशसभाको बैठक साउन ६ गते बस्ने

बागमती प्रदेशसभाको बैठक साउन ६ गते बस्ने

  • 2.4K
    SHARES
  • बागमती प्रदेशसभाको बैठक साउन ६ गते बस्ने

    बागमती प्रदेशसभाको बैठक साउन ६ गते बस्ने भएको छ । बागमतीका प्रदेशका सभामुख भुवनकुमार पाठकले ६ साउन दिउस १ बजेका लागि प्रदेशसभा बैठक बोलाएका हुन् ।

    images
    images

    संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने भएकाले बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।नयाँ सत्ता समीकरण अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले केन्द्रमा सरकार गठन गरेकाले बागमतीमा पनि नयाँ सरकार गठन हुँदैछ ।

    सभामुख पाठकले बागमती प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक ५ साउन शनिबार दिउँसो ३ बजेका लागि राखेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार हुने प्रदेश सभा बैठकको कार्यसूची तय गर्नेछ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २, २०८१ बुधवार - १५:५९:१७ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology