शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिशूलीमा बेपत्ता यात्रुमध्ये थप दुइजनाको शव फेला, ३९ जनाको अवस्था अझै अज्ञात

त्रिशूलीमा बेपत्ता यात्रुमध्ये थप दुइजनाको शव फेला, ३९ जनाको अवस्था अझै अज्ञात

  • 3.4K
    SHARES
  • त्रिशूलीमा बेपत्ता यात्रुमध्ये थप दुइजनाको शव फेला, ३९ जनाको अवस्था अझै अज्ञात

    चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार असार २८ गते लेदोसहितको पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बस र बेपत्ता ३९ जना यात्रुको खोजी भइरहेको छ । खोजीकै क्रममा दुई वटा शव भारतको चम्पारणमा भेटिएका छन् । भारतको चम्पारण नागाहा नारायणी नदीमा दुई वटा शव फेला परेको हो ।यीसहित अहिलेसम्म २३ वटा शव फेला परेको छ । सशस्त्र प्रहरी बलका अनुसार २३ वटा शवमध्ये अहिलेसम्म १४ जनाको परिचय खुलेको छ । बाँकी नौ वटा शवको सनाखत हुन सकेको छैन ।

    images
    images

    भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले हिजो फेला पारेका दुई वटा शव सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको छ ।

    अरू ६२ जनामध्ये २३ वटा शव भेटिए पनि अझै ३९ जनाको अवस्था थाहा हुन नसकेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ४, २०८१ शुक्रवार - १६:०९:५१ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology