शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पदमा रहुन्जेल मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने कृषि मन्त्री अधिकारीको भनाई

पदमा रहुन्जेल मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने कृषि मन्त्री अधिकारीको भनाई

  • 4.5K
    SHARES
  • पदमा रहुन्जेल मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने कृषि मन्त्री अधिकारीको भनाई

    कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदमा रहुन्जेल मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने बताएका छन् । मन्त्री पदमा रहुन्जेल मन्त्रालयले दिएको जिम्मेवारी सुशासनमा रहि कुशलतापूर्वक र किसानको हितमा काम गर्ने बताएका हुन् ।

    images
    images

    मन्त्री अधिकारीसँग सोहि अवसरमा नेपाल प्रेस युनियन धादिङले पत्रकार सम्मेलन गरेको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङ, नेपाल रेडक्रस सोसाईटी धादिङ, धादिङ उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ धादिङ र गैर सरकारी संस्था महासंघ, नेपाल निजामती कर्मचारी संगठन लगायतले सम्मान गरेको हो ।
    ‘सक्दा राम्रो गर्ने हो, तर नसक्दा मन्त्री पदबाट बाहिरिदा कलंकको टिका नलगाई बाहिनेछु’ उनले भने– ‘सकेसम्म किसानको हितमा शिर उच्च बनाउने राम्रो काम गर्नेछु । तर गलत काम गर्दिन । तपाईहरु विश्वास गर्नुस्, कलंकको टीका नलगाई मन्त्री पदबाट बाहिरिनेछु । नागरिक समाजसँग टाढा छैन । फेरि यहि उपस्थित हुन्छु ।’

    त्यस्तै, कृषि क्षेत्रमा चुनौतीको चाङ रहेको उनले बताए । ‘मल, बीउ विजन अभाव छ । विषादीको अत्यधिक प्रयोग भइ रहेका छन् । रैथाने बाली उत्पादन हुन्न, विकासे चिज प्रयोग गरौं भने जताततै बदमासी मात्रै छ । यस्ता थुप्रै समस्याहरु छन्’ उनले भने– ‘कृषि क्षेत्रमा म विज्ञ त होइन । तर विज्ञहरुसँग सरसल्लाह गरी सुझाव लिएर म चाँडै भन्दा चाँडै एउटा संकल्प तयार गर्दैछु । किसानको हित हुने गरी कमजोरी नगरी प्राप्त जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेर हेर्न लायक केही न केही परिवर्तन हुने काम गर्छु ।’

    मल आजभोलि देखिनै जनताको सहज पहुँच हुने वातावरण बनाउन मन्त्रालयमा निर्देशन दिइसकेको उनले बताए । दश किलो मल लिनको लागि नागरिकता लैजानु पर्ने बाध्यता तत्कालै हटाउन निर्देशन दिइसकेकोले अब मल सहज बन्ने उनको भनाई छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ४, २०८१ शुक्रवार - २१:४५:५४ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology