शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज एकै पटक सातवटा संसदीय समितिको बैठक बस्ने

आज एकै पटक सातवटा संसदीय समितिको बैठक बस्ने

  • 2.1K
    SHARES
  • आज एकै पटक सातवटा संसदीय समितिको बैठक बस्ने

    आज एकै पटक सातवटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल सरकारले पछिल्लो समय छिमेकी मित्र राष्ट्रहरूसँग गरेको सन्धि सम्झौताहरूको विवरण र हालसम्मको कार्यप्रगति र मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूमाथि छलफल हुनेछ ।

    images
    images

    त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

    बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिमा प्राप्त विधेयकहरूका सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूमा छलफल हुनेछ भने बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ।

    त्यस्तै दिउँसो १ बजे बस्ने संसदीय सुनुवाइ संयुक्त समितिको बैठकमा निर्वाचन आयुक्त पदमा प्रस्तावित व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०८१ बुधवार - ०९:१५:५९ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology