धादिङको गल्छी–नुवाकोटको देवीघाट सडक खण्ड अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा गल्छी–रसुवागढी सडक योजनाको देवीघाट–गल्छी खण्ड अवरुद्ध भएको हो ।
दुई ठाउँमा पहिरो झरेको छ भने दुई ठाउँमा सडक भासिदा सवारी आवागमन रोकिएको छ । बन्द सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।