काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । विमान बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले १८ जनाको शव निकालेका छन्। विमानका चालक एमआर शाक्यको उद्धार गरिएको छ। उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।
बुधबार करिब ११ बजे सौर्य एअरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो। उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए।