बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालय हेटौँडा एक समारोह बिच कांग्रेस संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
यसैबिच मुख्यमन्त्री लामाले मन्त्रिपरिषद विस्तार गरेका छन् । मंगलबार मुख्यमन्त्री नियुक्त भएका लामाले एमालेबाट ६ र कांग्रेसबाट ३ गरी ९ जनालाई मन्त्री नियुक्त गरेका हुन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।
कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदु कुमार श्रेष्ठले शपथ ग्रहण गरेका हुन । उनीहरुको जिम्मेवारी तोकिएको छैन। नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका थिए ।