शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

नागरिकपाटी न्युज डेक्स

१०, श्रावण २०८१
  • 3.8K
    SHARES
  • नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

    लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय भएको हो ।

    images
    images

    त्यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन पनि सो बैठकले गरेको छ । आयोगको उपाध्यक्षमा पाल्पाका डा.शिवराज अधिकारीलाई नियुक्त गरेको उहाँले जानकारी दिए । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुन् । बैठकले आयोगका सदस्यहरुमा डा.आरपी बिछार, डा.रमेशप्रसाद सिंह, डा.प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १०, २०८१ बिहिवार - १९:१०:३० बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology