शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशका मुख्यमन्त्री लामाद्धारा मन्त्रिपरिषद् विस्तार,मन्त्रीहरुको शपथ भने स्थगित

बागमती प्रदेशका मुख्यमन्त्री लामाद्धारा मन्त्रिपरिषद् विस्तार,मन्त्रीहरुको शपथ भने स्थगित

नागरिकपाटी न्युज डेक्स

१०, श्रावण २०८१
  • 3.6K
    SHARES
  • बागमती प्रदेशका मुख्यमन्त्री लामाद्धारा मन्त्रिपरिषद् विस्तार,मन्त्रीहरुको शपथ भने स्थगित

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् ।बुधबार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
    कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी मन्त्री भएका छन् । प्रभातलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र बिमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    images
    images

    यसैबिच बागमती प्रदेशमा कांग्रेसका नवनियुक्त चार मन्त्रीहरुको शपथ स्थगित भएको छ । कांग्रेसमा मन्त्री नियुक्तिको आन्तरिक विवाद र नेकपा एमालेको असहमतिले साँझ सवा ५ बजेलाई तय भएको मन्त्रीहरूको शपथ स्थगित भएको मुख्यमन्त्री बहादुरसिं लामाले जानकारी दिए ।बुधबार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठले भने मन्त्रालय पाएका छैनन् ।

    कांग्रेसबाट नवनियुक्त सामाजिक विकासमन्त्री कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय मागेका छन् । काफ्लेले यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय मागेका थिए । मुख्यमन्त्री लामाले सल्लाह नगरी मन्त्री थपेको भन्दै एमालेले असहमति राखेको छ । शपथ कार्यक्रमकै लागि प्रदेश प्रमुख कार्यालय आएका एमाले दलका नेता जगन्नाथ थपलियाले मन्त्री थप्ने एकल निर्णयप्रति असहमति राख्दै बाहिरिएका थिए ।

    शपथ कार्यक्रमकै लागि प्रदेश प्रमुख कार्यालय आएका एमाले दलका नेता जगन्नाथ थपलियाले मन्त्री थप्ने एकल निर्णयप्रति असहमति राख्दै बाहिरिएका थिए ।एमालेले मन्त्रालय फुटाएर मन्त्रालय संख्या बढाउन नदिनेबारे लामालाई थपलियाले स्पष्ट पारेको छलफलमा सहभागी स्रोतले जनाएको छ ।

     

     

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १०, २०८१ बिहिवार - १९:१२:५१ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology