शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आँबुखैरेनी तनहुँ बस दुर्घटना अपडेट : १४ जनाको शव निकालियो

आँबुखैरेनी तनहुँ बस दुर्घटना अपडेट : १४ जनाको शव निकालियो

नागरिकपाटी डेक्स

७, भाद्र २०८१
  • 3.7K
    SHARES
  • आँबुखैरेनी तनहुँ बस दुर्घटना अपडेट  : १४ जनाको शव निकालियो

    तनहुँमा आज भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाकाे ज्यान गएकाे छ । घटनास्थलबाट १४ जनाकाे शव निकालिएकाे र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेकाे छ । सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए।

    images
    images

    उद्धार कार्यमा गोताखोरसहितको टोली खटिएको छ । प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जना र नम्बर–२३ मनकामना गणबाट ३५ जनाको फौज खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।  अप्ठेरो ठाउँ भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ।

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाण्डौका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा रहेको छ । बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०८१ शुक्रवार - १४:१३:३० बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology