शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तनहुँ बस दुर्घटना घाइतेलाई भेट्न र मृतकहरुको शव लिन भारतका राज्यमन्त्री रक्षा खडेस काठमाण्डौमा

तनहुँ बस दुर्घटना घाइतेलाई भेट्न र मृतकहरुको शव लिन भारतका राज्यमन्त्री रक्षा खडेस काठमाण्डौमा

नागरिकपाटी डेक्स

८, भाद्र २०८१
  • 3.2K
    SHARES
  • तनहुँ बस दुर्घटना घाइतेलाई भेट्न र मृतकहरुको शव लिन भारतका राज्यमन्त्री रक्षा खडेस काठमाण्डौमा

    तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका घाइतेलाई भेट्न र मृतकहरुको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस काठमाण्डौ आउनुभएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हिजो भएको भारतीय पर्यटक बोकेको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतकका शव लिनका लागि केन्द्रीय राज्यमन्त्रीलाई पठाउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

    images
    images

    राज्यमन्त्री खडेस त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर घाइतेहरुलाई भेट्ने र शव बुझेर फर्कने कार्यक्रम रहेको छ । हिजो आँबुखैरेनीको ऐनापहरा नजिकै बस दुर्घटना हुँदा २७ जना भारतीय पर्यटकको ज्यान गएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । मृतकको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण गरिँदैछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०८१ शनिवार - १४:४३:३२ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology