एकीकृत समाजवादीले पदाधिकारीको चुनावी तालिका सार्वजनिक गरेको छ ।
दशौं महाधिवेशनपछि आइतबार पहिलो केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । बैठकको एउटा एजेण्डा १८ जना पदाधिकारी चयन पनि छ ।
निर्वाचन आयोगले सोमबार नै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।
यसअनुसार भोलि मंगलबार विहान उम्मेदवारी दर्ताको समय तोकिएको छ । १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ भने २ देखि ५ बजेसम्म मतदान हुनेछ । साँझ ६ बजेदेखि मतगणना सुरु हुने तालिका छ । यद्यपि मतदान अघिसम्म सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् ।