शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

वाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

नागरिकपाटी डेक्स

११, भाद्र २०८१
  • 3.6K
    SHARES
  • वाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

    हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपासमा रहेको छ ।देशभर आंशिकदेखि साधारणतया बदली हुँदा आज बिहान सबै प्रदेशमा वर्षा भइरहेको छ ।

    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    वाग्मती, कोसी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेनो मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०८१ मंगलवार - ०८:१७:१४ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology