शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पहिरोले अवरुद्ध कान्तिलोकपथ र भीमफेदी–सिस्नेरी–फर्पिङ सडक सञ्चालनमा

पहिरोले अवरुद्ध कान्तिलोकपथ र भीमफेदी–सिस्नेरी–फर्पिङ सडक सञ्चालनमा

नागरिकपाटी डेक्स

११, भाद्र २०८१
  • 3.0K
    SHARES
  • पहिरोले अवरुद्ध कान्तिलोकपथ र भीमफेदी–सिस्नेरी–फर्पिङ सडक सञ्चालनमा

    पहिरोले अवरुद्ध काठमाण्डौ–हेटौँडा जोड्ने छोटो दुरीको दुई वटा मार्ग सञ्चालनमा आएको छ । हिजो बेलुका परेको पानीका कारण अवरुद्ध भएको कान्तिलोकपथ र भीमफेदी–सिस्नेरी–फर्पिङ सडक खण्ड सञ्चालनमा आएको हो ।

    images
    images

    मकवानपुर प्रहरीका अनुसार भीमफेदी गाउँपालिका–८ महादेवटारको कान्तिलोकपथ वर्षाका कारण सडक माथिबाट लेदो पहिरो झरेपछि अवरुद्ध भएको थियो । हिजै बेलुका पहिरो पन्छाएर सडक खुलाईएको हो ।

    यस्तै कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ रामचन्द्र भञ्ज्याङमा सडकमाथिबाट लेदो पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो । त्यहाँ पनि पहिरो पन्छाइसकेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०८१ मंगलवार - १२:५७:०० बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology