आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन १ हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो । आज सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको १ लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।