शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘हिंसा’ शब्द अभिलेखबाट हटाउन नपर्ने सभामुख देवराज घिमिरेको रुलिङ, संसद् बैठक स्थगित

‘हिंसा’ शब्द अभिलेखबाट हटाउन नपर्ने सभामुख देवराज घिमिरेको रुलिङ, संसद् बैठक स्थगित

नागरिकपाटी डेक्स

२६, भाद्र २०८१
  • 2.5K
    SHARES
  • ‘हिंसा’ शब्द अभिलेखबाट हटाउन नपर्ने सभामुख देवराज घिमिरेको रुलिङ, संसद् बैठक स्थगित

    ‘हिंसा’ शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने सभामुख देवराज घिमिरेले बताउनुभएको छ । साथै उहाँले आउँदा दिनमा शब्द छनोटमा ध्यान दिन पनि अनुरोध गर्नुभएको छ ।

    images
    images

    गएको भदौ १२ गते संसद् बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गर्नुभएको थियो । परामर्श समिति र संसद् सचिवालयको परामर्श लिएर हिंसा शब्द अभिलेखबाट हटाउन नपर्ने निर्णय लिएको सभामुख घिमिरेले बताए । आजको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उहाँले हिंसा शब्द हटाउन नपर्ने बताउनुभएको हो ।

    बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हिंसा शब्द संविधान र कानुन विपरीत भएको भन्दै आपत्ति जनाए । लगत्तै एमाले सांसद रघुजी पन्तले सभामुखको रुलिङमा प्रश्न उठाउने विषय नभएको उल्लेख गर्नुभयो । माओवादीका सांसदहरूले उठेर आपत्ति जनाएपछि आजको बैठक स्थगित भएको छ ।

    प्रतिनिधिसभाको अर्को बैठक आउँदो ३० गते आइतवार दिउँसो १ बजे बस्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०८१ बुधवार - १६:२२:४४ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology