शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अर्घाखाँचीको हिलेखोलामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ जना घाइते

अर्घाखाँचीको हिलेखोलामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ जना घाइते

नागरिकपाटी डेक्स

२६, भाद्र २०८१
  • 3.7K
    SHARES
  • अर्घाखाँचीको हिलेखोलामा जीप दुर्घटना हुँदा  १ जनाको मृत्यु, ९ जना घाइते

    अर्घाखाँचीको शितगंगा नगरपालिकाको हिलेखोलामा जीप दुर्घटना हुँदा १  जनाको मृत्यु भएको छ ।  ९ जना यात्रु घाइते भएका छन् ।

    images
    images


    छत्रदेव गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज ४७६३ नम्बरको जीप आज बिहान शितगंगा–१२ हिलेखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा छत्रदेव–५ टुनिचौरका ६५ वर्षका रामप्रसाद पन्थीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीत सिंह राठौरले बताए ।


    दुर्घटना घाइते भएका नौ जनामध्ये छत्रदेव–५ का चुराबहादुर खत्री, सावित्रा विक र दीक्षा पौडेललाई थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ । अरू घाइतेहरू अनिता परियार र उहाँका २० महिनाका छोरासहित गीता आचार्य, कमला अधिकारी, अनुष्का र विष्णु थापाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०८१ बुधवार - १६:४३:२५ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology