कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर इकु लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सुलेमानलाई सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अस्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ परेका सुलेमानलाई आज जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।