उच्च मूल्यबाट सुन आज १ सय रुपैयाँले घटेको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५३ हजार ४ सय रुपैयाँ पुगेकामा आज १ सय रुपैयाँले घटेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ७ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।