शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आर्थिक मन्दीका कारणले मकवानपुरमा एकै वर्ष ६ सयभन्दा धेरै उद्योग बन्द

आर्थिक मन्दीका कारणले मकवानपुरमा एकै वर्ष ६ सयभन्दा धेरै उद्योग बन्द

नागरिकपाटी डेक्स

२७, भाद्र २०८१
  • 3.4K
    SHARES
  • आर्थिक मन्दीका कारणले मकवानपुरमा एकै वर्ष ६ सयभन्दा धेरै उद्योग बन्द

    आर्थिक मन्दी लगायतका कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा ६ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१  मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् ।

    images
    images

    आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए ।
    मकवानपुरमा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ । आर्थिक वर्ष २०८०/८१  मा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ गरी ७ सात सय एक नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले बताए । यसअघिको वर्षमा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार नौ उद्योग व्यापार दर्ता भएका थिए ।

    सो अवधिमा वाणिज्यतर्फ १९ वटा उद्योगको नामसारी, ३१ वटा उद्योगको ठाउँसारी, ८ सय ५८ वटा उद्योगको पुँजी वृद्धि, १ हजार ४ सय २२ वटा उद्योगको नवीकरण भएको छ । नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा ३ करोड २२ लाख ४९ हजार ९ सय १० रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - १३:११:०४ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology