आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रेका १६० विपन्न तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

थाक्रेका १६० विपन्न तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

शिवराज आचार्य

४, आषाढ २०८३
  • 2.3K
    SHARES
  • थाक्रेका १६० विपन्न तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

    धादिङको थाक्रे गाउँपालिकाका १६० जना विपन्न, दलित तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ।

    images

    एकीकृत सामुदायिक विकास अभियान (आईसीडीसी) नेपालले एक्सनएड नेपालसँगको साझेदारी तथा थाक्रे गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिरहेको बाल प्रायोजन कार्यक्रम अन्तर्गत स्थानीय अधिकार कार्यक्रम ९एलआरपी–४३० मार्फत गाउँपालिकाका २७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामग्री वितरण गरेको हो।

    विद्यार्थीहरूको शैक्षिक पहुँच वृद्धि गर्दै विद्यालयमा नियमित सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सामग्री वितरण गरिएको संस्थाले जनाएको छ। आर्थिक अभावका कारण अध्ययनमा निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई यसले सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    यस्तै, विद्यालयमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै २० वटा आधारभूत विद्यालयलाई सामान्य औषधिसहितको प्राथमिक उपचार (फर्स्ट एड) बक्स समेत वितरण गरिएको छ। सामान्य चोटपटक तथा आकस्मिक स्वास्थ्य समस्याको तत्काल व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो।

    स्थानीय समुदाय तथा विद्यालय व्यवस्थापन पक्षले यस्ता कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०८३ बिहिवार - ०६:५०:०० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology