धादिङ। गल्छी गाउँपालिका–३ मा बाल विवाह अन्त्य गर्ने उद्देश्यसहित बाल विवाह विरुद्ध अभियान र्याली सम्पन्न गरिएको छ।
मिलनसार वडा बाल समूह सञ्जालको आयोजनामा बालमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रम अन्तर्गत बालबालिकाको सर्वाङ्गीण विकास तथा बालमैत्री स्थानीय शासन सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
बाल सञ्जालका सचिवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा “बीस वर्ष पारी बिहेबारी, त्योभन्दा अघि शिक्षा र रोजगारी” भन्ने मूल नाराका साथ बालबालिका, बुद्धिजीवी, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको वडा बालमैत्री सहजकर्ता आरती पोखरेलले जानकारी दिनु भयो।

गल्छी गाउँपालिका–३ नम्बर वडा कार्यालय परिसरबाट सुरु भएको र्याली विभिन्न टोल तथा समुदायको परिक्रमा गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ।
बाल विवाह अन्त्य गरी सुरक्षित, शिक्षित र उज्ज्वल भविष्य निर्माण गर्न समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको मिलनसार वडा बाल समूह सञ्जालका अध्यक्ष समिर श्रेष्ठले बताउनु भयो।