आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रेमा १५ दिने फेल्ट तथा ऊन हस्तकला उत्पादन तालिम सम्पन्न

थाक्रेमा १५ दिने फेल्ट तथा ऊन हस्तकला उत्पादन तालिम सम्पन्न

शिवराज आचार्य

१७, आषाढ २०८३
  • 1.9K
    SHARES
  • थाक्रेमा १५ दिने फेल्ट तथा ऊन हस्तकला उत्पादन तालिम सम्पन्न

    धादिङ। धादिङको थाक्रे गाउँपालिका–२ बाह्रकिलोमा स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको १५ दिने फेल्ट तथा ऊन हस्तकला उत्पादन सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ।

    images

    एकीकृत सामुदायिक विकास अभियान (आईसीडीसी) नेपालले एक्सनएड नेपालको साझेदारी तथा थाक्रे गाउँपालिकाको समन्वयमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत जेठ ३१ गतेदेखि सञ्चालन भएको तालिम बुधबार एक औपचारिक समारोहका बीच समापन गरिएको हो।

    थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तालिममा सहभागी २९ जना स्थानीय महिलालाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।

    736319887_878867845287212_1604920294169086076_n.jfif
    undefined

    तालिममा राजेन्द्र चौधरीतुलसा देवी गुरागाईंले प्रशिक्षकका रूपमा फेल्ट तथा ऊन हस्तकला उत्पादन सम्बन्धी व्यावहारिक प्रशिक्षण दिनुभएको थियो। तालिमका क्रममा तयार गरिएका ऊनका हस्तकला सामग्री स्थानीय बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यातको सम्भावना रहेको जानकारी दिइएको छ।

    समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट साइली राई, पम्फा राई र सविता राईले तालिमले आफूहरूमा नयाँ सीप, आत्मविश्वास र स्वरोजगारको अवसर सिर्जना गरेको अनुभव सुनाउनुभएको थियो।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, वडा नं. २ का वडाध्यक्ष टिकाराम तामाङ, प्रशिक्षकद्वय राजेन्द्र चौधरीतुलसा देवी गुरागाईं, तथा एकीकृत सामुदायिक विकास अभियान नेपालका कार्यक्रम संयोजक उत्तम तिमिल्सिनाले सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरण, आयआर्जन तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०८३ बुधवार - ०७:३५:२२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology