शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

नागरिक पाटी

२६, श्रावण २०८३
  • 1.7K
    SHARES
  • वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

    वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन भएको छ । बिमलको ७९ वर्षको उमेरमा राति पौने १ बजे निधन भएको उनका कान्छा छोरा डा.विभाष लाभले जानकारी दिए । उनका अनुसार सोमबार राति साढे ११ बजेतिर कुराकानी गर्दागर्दै बिमल अचानक बिरामी परेका थिए । उपचारको लागि नजिकै अस्पतालमा लगिएको थियो । उपचारको क्रममै उनको निधन भएको हो ।

    images
    images

    अहिले उनको प्रार्थिव शरीर श्रद्धाञ्जलीको लागि जनकपुरधाम उपमहानगरपालिका १० देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ ।

    बिमल नेपाली, मैथिली, अंग्रेजी भाषामा थुप्रै साहित्यिक विद्यामा कलम चलाएका छन् । भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नाकोत्तर रहेका थिए । उनी २०२९ सालदेखि नै त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा अध्यापनमा जोडिएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - ०८:१०:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology