शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोटमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते

नुवाकोटमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते

नागरिक पाटी

३०, श्रावण २०८३
  • 2.9K
    SHARES
  • नुवाकोटमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते

    नुवाकोटमा सवारीसाधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् । शनिबार बिहान शिवपुरी गाउँपालिका–७, थानाभञ्ज्याङमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा चियाखाजा खाने ठाउँमा बा.प्र.०८–१ ख ००५२ नम्बरको बस रोकिएको थियो । सोही स्थानमा अगाडिपट्टि बा.प्र.३–००१ ज ११७६ नम्बरको माइक्रो भ्यान पार्किङ गरिएको थियो ।

    images
    images

    उक्त बस अचानक गुडेर पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी इकवाल हवारीले जानकारी दिए । बसले माइक्रोलाई ठक्कर दिएपछि यी दुवै सवारीसाधन सडकबाट करिब ३०र४० मिटर तल भीरमा खसेका थिए । दुर्घटनामा परी मृत्यु र घाइते हुनेमा बसमा सवार यात्रु रहेका उनले बताए ।

    दुर्घटनामा पाँचजना घाइते भएका थिए । उपचारका निम्ति उनीहरूलाई काठमाडौंस्थित ग्रीनसिटी अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये दुईजनालाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते तीनमा सर्लाही, काभ्रे र दोलखाका एकरएक महिला छन् । घाइतेको उपचार सोही अस्पतालमा भइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०८३ शनिवार - १७:११:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology