आइतवार, श्रावण ३१ गते २०८३

Sunday, Aug 16 2026 आइतवार, श्रावण ३१ गते २०८३

सात स्थानबाट विक्री हुँदै ग्यास, नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित आउन उपभोक्तालाई आग्रह

सात स्थानबाट विक्री हुँदै ग्यास, नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित आउन उपभोक्तालाई आग्रह

नागरिक पाटी

३१, श्रावण २०८३
  • 1.6K
    SHARES
  • सात स्थानबाट विक्री हुँदै ग्यास, नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित आउन उपभोक्तालाई आग्रह

    नेपाल आयल निगमले आइतबार ग्यास वितरणका लागि सात विक्री केन्द्र तोकेको छ । निगमले सात विक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास विक्री गर्ने जनाएको छ । निगमको सूचना अनुसार टेकु परिसरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर ग्यास वितरण हुनेछ ।

    images

    पशु सेवा शाखा चपली बुढानीलकण्ठमा नेपाल, एचपी र भानु उपलब्ध हुनेछ । यस्तै,राधास्वामी, कीर्तिपुरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया विक्री हुनेछ । नयाँ बजार जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास वितरण हुनेछ ।

    यस्तै, तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ग्यास वितरण हुने निगमले जनाएको छ । चन्द्रागिरी नगरपालिकाबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया वितरण हुनेछ भने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेष्टरसुगम र एसटीसी विक्री हुने निगमले जनाएको छ ।

    निगमले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित ग्यास विक्री केन्द्रमा आउन उपभोक्तालाई आग्रह गरेको छ । निगमले शनिबार काठमाडौंका पाँच स्थानबाट ६ हजार ८०२ थान खाना पकाउने ग्यास विक्री गरेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०८३ आइतवार - ०५:५९:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology