मंगलवार, भाद्र ९ गते २०८३

Tuesday, Aug 25 2026 मंगलवार, भाद्र ९ गते २०८३

खनियाबास गाउँपालिकामा सहकारी शिक्षा तथा वित्तीय व्यवस्थापन तालिम सुरु

खनियाबास गाउँपालिकामा सहकारी शिक्षा तथा वित्तीय व्यवस्थापन तालिम सुरु

नागरिक पाटी

७, भाद्र २०८३
  • 386
    SHARES
  • खनियाबास गाउँपालिकामा सहकारी शिक्षा तथा वित्तीय व्यवस्थापन तालिम सुरु

    धादिङ। खनियाबास गाउँपालिकामा स्थानीय सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहकारी शिक्षा तथा वित्तीय व्यवस्थापनसम्बन्धी तीनदिने तालिम आजदेखि सुरु भएको छ ।

    images

    भदौ ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने तालिममा सहकारीको आधारभूत शिक्षा, संस्थागत सुशासन, वित्तीय व्यवस्थापन, लेखा प्रणाली, सहकारी संस्थाको प्रभावकारी सञ्चालन तथा सदस्यकेन्द्रित सेवा प्रवाहलगायतका विषयमा प्रशिक्षण, अभ्यास तथा अन्तरक्रिया गरिने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकले जानकारी दिनुभयो। तालिमको सहजीकरण प्रशिक्षक सचिन भट्टराईले गर्नुहुनेछ।

    e0e02e99-c86c-4e7e-b21a-f3952902d7b3.jfif

    तालिमको उद्घाटन कार्यक्रममा खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले सहकारी संस्थालाई दिगो, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न पदाधिकारी तथा कर्मचारीहरूको ज्ञान, सीप र वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता महत्वपूर्ण हुने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा प्रयोग गर्दै सहकारी संस्थाको संस्थागत विकाससँगै सदस्यको हितमा प्रभावकारी सेवा प्रवाह गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ र प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतको विशेष आतिथ्यता रहेको थियो। तालिममा खनियाबास गाउँपालिकाभित्रका तीनवटा स्थानीय कृषि सहकारी संस्थाका पदाधिकारी तथा परियोजनामा कार्यरत कर्मचारी गरी जम्मा १९ जनाको सहभागिता रहेको प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता बुद्धिमान विकले जानकारी दिनुभयो।

    तालिममार्फत सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको संस्थागत, वित्तीय तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्दै सहकारीमा सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र सदस्यकेन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। कार्यक्रम प्रयास नेपाल धादिङको आयोजना तथा आड्रा नेपालको सहयोगमा सञ्चालित ‘उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना’ अन्तर्गत सञ्चालन गरिएको हो।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०८३ आइतवार - २१:४२:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology