शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेका दुई वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

थाक्रेका दुई वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

  • 6.2K
    SHARES
  • शिवराज आचार्य  महादेबेशी धादिङ । धादिङको महादेबेशीमा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रम र दिर्घकालिन सेवाका लागि महिला स्वास्थ्य स्वयं सेविकाहरू लाई सम्मनजनक विदाई कार्यक्रम सम्पन्न भएको छ ।  थाक्रे गाउँपालिका वडा नम्बर ६र११ लाई आज एक कार्यक्रम का विच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरीएको छ ।  दुई ओटा वडामा एक वर्ष भरिमा ८० जना महिलाहरूले स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन । पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुन का लागि विभिन्न सुचक पूरा गरेको हुनु पर्ने छ। गर्भवती भए पछि चार पटक स्वास्थ्य संस्थामा जाँच गरेको ,टिडी खोप लगाएको ,गर्भवती भए पछि १८० चक्की आईरन खाएको र सुत्केरी भए पछि तीन पटक सुत्केरी जाँच गराएको सुचक पूरा भए पछि २ ओटा वडा लाई थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले घोषणाा गर्नु भएका हो । घोषणा कार्यक्रम पश्चात् उपाध्यक्ष अम्बिका रूपाखेतीले प्रतिबद्धता जाहेर गर्नु भएको थियोे । प्रतिबद्धता जाहेर गर्दै उपाध्यक्ष रूपाखेतीले सबै गर्भवती लाई गाउँपालिकाले प्रोसाहनको  कार्यक्रम गर्दै आएका बताउनु भयो । कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका अध्यक्ष आचार्यले आफु निर्वाचन भए पश्चात् स्वास्थ्य स्वयं सेवाकाहरू लाई नेपाल सरकारले दिदै आएको ५०० लाई थाक्रे गाउँ पालिकाले ५०० सय थप गरि प्रोसाहन गरिएको बताएका छन । अनवरत रूपमा स्वास्थ्य स्वयं सेविका को रूपमा काम गर्दै आउनु भएका ६० वर्ष पार गरेका चार जना महिला स्वास्थ्य स्वयं सेविकाहरू लाई नगर २० हजार सहित समान पत्र प्रदान गिरएको हो । गाउँपालिका भरि रहेका सबै वडाका स्वास्थ्य स्वयं सेविकाहरू लाई नगर ३ हजार ५ सय सहित झोला र छाता वितरण गरिएको छ । त्यसै कार्यक्रमका विच गाउँपालिकाका विभिन्न वडाका वडा सचिवहरू कैलास रेग्मी ,चन्दा बेलबासे ,ऋसिकेश पौडेल र कृषि शाखाका राजेन्द्र रूपाखेती लाई बिदाइ गरिएको छ । २०७६ श्रावण ०७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ८, २०७६ बुधवार - ०३:५५:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology