शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दोर्दीखोला बाढीमा भेटिएको शवमध्ये तीनको सनाखत

दोर्दीखोला बाढीमा भेटिएको शवमध्ये तीनको सनाखत

  • 4.3K
    SHARES
  • लमजुङ । दोर्दीखोला बाढीमा परेर मृत्यु भएका मध्ये तीनको सनाखत भएको छ । बुधबार दिउँसो दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये तीन शवको सनाखत आज भएको हो । ती शव पर्सा जिल्ला घर भएका शिवधन चौधरी, डडेलधुरा घर भएका रमेश बुढा र सप्तरी जिल्ला भएका भुवनेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए । उनका अनुसार एउटा शवको अझै सनाखत हुनसकेको छैन । सनाखत भएको दुई शव दोर्दी गाउँपालिका–४ नौथर शेरा र अर्को शव कीर्तिपुरमा भेटिएको थियो । सनाखत हुन नसकेको शव कीर्तिपुरमा भेटिएको प्रहरीले जनाएको छ । बाढीमा परी आठ घाइते भएका छन् । सात जना भने अझै बेपत्ता रहेको र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीलगायतले खोजी गरिरहेको प्रहरीले जनाएको छ । २०७६ साउन ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १८:५४:२४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology