शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

यस्ता छन् निरोगी बन्ने १२ तरिका

यस्ता छन् निरोगी बन्ने १२ तरिका

  • 5.6K
    SHARES
  • स्वास्थ्य नै सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनुपर्छ। यसका लागि केही त्याग र केही नियमको पालना अनिवार्य हुन्छ। तर, रोगी भएपछि पछुताउने हामीहरु निरोगी बन्न सामान्य व्यवहार अपनाउदैनौं। खासगरी उचित खानपिन र स्वस्थ जीवनशैलीले मात्रै जीवन सुखमय बनाउँछ। फलफुल र सागसब्जीमा जोड भिटामिन, पोषण र खनिजयुक्त सन्तुलित फलफुल र तरकारीले स्वस्थ बनाउँछ। यिनीहरुमा पर्याप्त पोषणतत्व र न्यून क्यालोरी हुन्छ जसले शरिरलाई स्वस्थ बनाउँछ। जतिपनि फलफुल खान सकिन्छ खाए हुन्छ। तर ताजाचाहिँ हुनुपर्छ। मौसमी फलफूल तथा सब्जीहरुमा काउली, स्पिनिच, गाँजर, बन्दा लगायतका हरियो तरकारी खानुपर्छ । मासु कम मासुजन्य खानेकुरा घटाएकै राम्रो हुन्छ। डेरीका उत्पादन उपभोग गर्दा राम्रो हुन्छ। शरिरलाई आवश्यक तत्व दुध, चिज, पास्ता र अन्य डेरीजन्य खानेकुरामा पनि पाइन्छ। गेडागुुडी खाँदा खैरा गेडागुडी रोज्नुपर्छ। किनकी प्राय सेतो गेडागुडीमा पोषणतत्व कम हुन्छ। जंक फुड नखाने प्याक गरिएका खाना स्वास्थ्यका लागि फाइदा जनक मानिदैन। प्याकेटमा रािखएका र परिष्किृत गरिएका खानेकुराले स्वास्थ्यमा गम्भीर असर गर्छ। पर्याप्त पानी पिउने प्रशस्त पानी पिउनुपर्छ। स्वास्थ्यलाई ठीक राख्न पानीको उपयोगिता वर्णन गरी साध्य छैन्। जतिखेर पनि हाइडे«ड रहनुपर्छ। पानीले शरिरको छाला, कपाल, नङ, अन्य अंग र दिमागलाई समेत स्वस्थ बनाउँछ। विज्ञहरुका अनुसार सकभर चिसो पानी पिउदा शरिरलाई हित गर्छ। राम्रोसँग पकाउने राम्रोसँग पकाएर खानुपर्छ। त्यसो त कतिपय सागसब्जी र तरकारीलाई काँचै खादा पनि फाइदा हुन्छ। तरकारी पकाउँदा राम्रो तेलको छनौट गर्नपर्छ। खानेकुरालाई धेरै फ्राई गर्नुहँुदैन। खानामा सकभर नुन धेरै राख्नुहुँदैन। अमेरिकाको हर्ट एशोसियसनका अनुसार दैनि १५ सय एमजी नुन खाँदा मानिसलाई ठिक राख्छ। चिल्लो कम चिल्लो खाँदै नखाने भन्ने होइन। तर स्वस्थ र सिमित मात्रामा चिल्लो खानुपर्छ। कपाल चम्किलो बनाउन, नङ स्वस्थ बनाउन र पाचन प्रणालीलाई सामान्य रुपमा काम गर्न शरिरमा सामान्य चिल्लोको आवश्यक पर्छ। जैतुनको तेल, एभोकाडो, नटको चिल्लो प्रयोग स्वस्थ मानिन्छ। यिनीहरुबाट लिइने चिल्लोलाई थप माात्रामा होइन कि पुरकको रुपमा प्रयोग गर्नपर्छ। चकलेट खानुभन्दा एकमुठी आलमन्ड खाँदा उत्तम हुन्छ। व्यायाम कहिल्यै पनि आरामदायी जीवन रोज्नुहुँदैन। स्वस्थ रहन सक्रीय हुनुपर्छ। फटाफट हिड्नुपर्छ। यसले मुटु र मस्तिष्क दुबैलाई फाइदा पुर्याउँछ। दैनिक २ घन्टा हिड्दा विभिन्न रोगबाट मुक्ति मिल्ने अध्ययनले देखाएका छन्। मोटोपनले विभिनन रोग निम्त्याउने भएकोले पनि हिडडुल गर्नु उपयुक्त हुन्छ। मदिरा सेवन कम सकभर मदिरा पिउनुहुँदैन। यदि पिउने नै हो भने थोरै मात्रामा पिउनुपर्छ। थौरे परिणामको मदिराले मुटु स्वस्थ बनाउँछ। धुम्रपान नगरौं धुमपान स्वास्थ्यका दृष्टिले पनि फाइदा मानिदैन। धुमपानले मुटु, फोक्सो, कलेजोमा क्यान्सर लगायतका समस्या ल्याउँछ। धुमपान गर्न छोडेको २० मिनेटपछि नै मुटुको धड्कन शान्त हुन्छ। नियमित परीक्षण नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ। उमेर बढ्दै जाँदा स्वास्थमा पनि समस्या आउँछ। वर्षमा कम्तिमा एक पटक सम्पूर्ण शरिर परीक्षण ९होल बडी चेक० गन राम्रो हुन्छ। अधिकांश मानिसलाई ४० वर्ष पुगेपछि रोग लाग्ने गरेको भेटिन्छ। मुटु, प्रेसर, सुगर जस्ता समस्याबारे सचेत हुनुपर्छ। रमाइलो गर्नुपर्छ रमाइलो गर्नुपर्छ। कामबाट फुर्सद निकालेर रमाइलो गर्नुु राम्रो हुन्छ। चिन्ता र दुःख लिदा अनावश्यक रोग निम्तिन्छ। जीवनलाई मानसिक रुपमा फूर्तिलो बनाउन पनि हसिमजाक आवश्यक पर्छ। ध्यान गर्ने, पत्रपत्रिका पढ्ने र नाँचगान गर्नाले पनि मुड फ्रेस हुन्छ। निरन्तर सक्रीयता सानातिना विषयमा पनि सक्रीय हुनुपर्छ। समयको सदुपयोग गरी व्यस्त रहँदा पनि मनमा सन्तोष हुन्छ। स्वास्थ्य खबरबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - ०४:५४:०० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology