शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गायिका सिर्जना थापा खनालको तीजको दोश्रो कोशेली "केल्ले मलाई सुहायो"

गायिका सिर्जना थापा खनालको तीजको दोश्रो कोशेली "केल्ले मलाई सुहायो"

  • 7.4K
    SHARES
  • धादिङ । गायिका तथा पुर्व संचारकर्मी सिर्जना थापा खनालको तीजको दोश्रो कोशेली “ केल्ले मलाई सुहायो” बजारमा ल्याएकी छन् । आफ्ना सिर्जनामा मौलिकता प्रश्तुत गर्ने क्रममा अघिल्लो वर्ष उनको तीजगीत “माइतीको आँगनी” लाई सर्बत्र रुचाइएको थियो । “पिंढी राम्रो जाँतोले, घरको शोभा ढिंकीले केल्ले मलाई सुहायो रातो टिकीले” उनका सिर्जनामा मौलिकता भेट्न सकिन्छ । यस पटकको गीतबाट अघिल्लो वर्षभन्दा धेरै आशावादी रहेको उनि बताउँछिन् । तीजका गीतहरुमा जति आधुनिकता भित्रिएपनि मौलिकतालाई रुचाउने दर्शक श्रोता पनि रहेको उनको विश्वाश छ । “बारी राम्रो तोरीले घर उजेलो छोरीले केल्ले मलाई सुहायो फुर्के डोरीले”महिलाले गर्ने शृंगारका कुराहरु उनले गीतमा व्यक्त गरेकी छन् । https://youtu.be/w-LSG1le9l8

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १८:२६:४३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology