शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अटेरी गर्दै चक्रपथमा आकाशे पुल बनाउने ठेकेदार

अटेरी गर्दै चक्रपथमा आकाशे पुल बनाउने ठेकेदार

  • 4.0K
    SHARES
  • काठमाण्डौं । चीन सरकारले विस्तार सम्पन्न गरेको कलंकी–कोटेश्वर सडक खण्डमा यात्रुको सहजताका लागि सडक विभागले बालकुमारी, सातदोवाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा गरी ६ स्थानमा आकाशे पुल बनाइरहेको हो तर अहिलेसम्म कुनै पुल सम्पन्न भइसकेको छैन । विभागका इन्जिनियर निरञ्जन शर्माले सानेपा र बल्खुमा जगको कामबाहेक केही नभएको र महालक्ष्मीस्थानमा सुरु समेत नभएको बताए । उनका अनुसार असार मसान्तसम्म ६ वटै पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर दुई वर्षअघि नै पुल निर्माणका लागि सडक विभागले ठेक्का लगाई ठेकेदार छनोट भई सक्दा पनि पनि पुलहरु भने सम्पन्न हुन सकेन । चीन सरकारले यस सडकमा कोटेश्वर र धोबीघाटमा गरी दुई स्थानमा आकाशे पुल निर्माण गरिसकेको छ । २०७६ श्रावण १४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७६ मंगलवार - ११:२६:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology