शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मापसे गर्नेदेखि डिस्को जाने युवतीको कथामा सुनिताको नयाँ गीत ‘चुरा’ (हेर्नुस् भिडियो)

मापसे गर्नेदेखि डिस्को जाने युवतीको कथामा सुनिताको नयाँ गीत ‘चुरा’ (हेर्नुस् भिडियो)

  • 4.8K
    SHARES
  • काठमाडौँ, १३ साउन । लोकप्रिय लोक तथा दोहोरी गायिका सुनिता अधिकारीले शहरका महिलाहरुको कथा समेटिएको रमाइलो तीज गीत ‘चुरा’ सार्वजनिक गरेकी छिन् । छोटो समयमै चर्चा कमाउन सफल गीत ‘चुरा’ मा गायिका अधिकारीकै दमदार अभिनय एवं नृत्य छ । डिस्को धाउने र मापसे गर्ने युवतीहरुदेखि अमेरिका, अष्ट्रेलिया र युकेमा पुगेका दिदीबहिनीको समसामयिक परिस्थितिमाथि चोटिलो प्रहार गरिएको यो गीत संचारकर्मी एवं चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले लेखेका हुन् । चर्चित लोकगायक एवं सर्जक शिव हमालको लय रहेको ‘चुरा’ को कृष्ण विक ‘भान्जा’ ले एरेन्ज र कुमार रानाले मिक्सिङ गरेका हुन् ।  ‘पानको मिसी’, ‘क्यारम माया’, ‘लुरुरु हुरुरु’ जस्ता दर्जन लोकप्रिय गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले यस गीतबाट पनि दर्शक तथा स्रोताहरुको राम्रो प्रतिक्रिया पाएको बताइन् । साइन मिडिया प्रालिको प्रस्तुति रहेको गीतको कोरियोग्राफी तथा निर्देशन प्रकाश भट्ट, सम्पादन, विष्णु शर्मा तथा छायाँकन राजेश घिमिरेले गरेका छन् । हेर्नुस् भिडियोः https://youtu.be/6tjQRUNKG_s
    २०७६ श्रावण १४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७६ मंगलवार - २१:२४:४७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology